arrow

कांग्रेसले उचित निर्णय लिन्छ : प्रकाशमान सिंह

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
prakashmaan.jpeg
दैलेख । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले महाअभीयोगका बारेमा नेपाली कांग्रेसले उचित समयमा  निर्णय लिने बताएका छन् । पार्टिको भेटघाट कार्यक्रमा दैलेख आएका सिंहले सो कुारको जिकिर गरेका हुन् । प्रेस युनीयन जिल्ला शाखा दैलेखले गरेको पत्रकार सम्मेलनमा वोल्दै सिंहले भने - 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कि माथी लागेको महाअभीयोगबारे नेपाली कांग्रेसले उचित समयमा उचित निर्णय लिन्छ'। 
 
उनले नेपाली कांग्रेससंग संसदमा एक तिहाई मत रहेकोले कांग्रेसले निर्णय लिदा धेरै छलफल र सोचविचारका साथ निर्णय लिने वताए । सरकार साझेदार दल एकिकृत नेकपा माओवादि केन्द्रले महाअभियोगको प्रस्ताव ल्याउनु पुर्व सल्ला नगरेर प्रस्ताव ल्याएकोले कांग्रेसमा छलफल चलिरहेको उनले सुनाए ।
 
यस्तै सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीले पत्रकारहरुको प्रश्नको जवाफमा नेपाली कांग्रेस ठुलो पार्टि भएकोले यसले निर्णय गर्दा नेपालको राजनैतिक अवस्थालाई दिगो वनाउन सक्ने निर्णय गर्ने वताए । महाअभियोगका विषयमा नेपाली काग्रेसले संसदमा वनेको महाअभियोग समितिमा नेपाली काग्रेसले उत्साह पुर्वक सहभागी भएको र केहि दिन भित्र आधिकारीक धारणा आउने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ