arrow

सुरक्षा पहलहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउन भारतमा बेलायती सुरक्षा मन्त्री

logo
एजेन्सी,
प्रकाशित २०८० साउन २६ शुक्रबार
tom-tugendhat,-uk-security-minister-S-jaishankar-india.jpg

नयाँ दिल्ली। बेलायतका सुरक्षा मन्त्री टम टुगेनघाटले सुरक्षा पहलमा द्विपक्षीय सहयोगलाई बलियो बनाउन र जी२० भ्रष्टाचार विरोधी मन्त्री स्तरीय बैठकमा भाग लिन ३ दिने भारत भ्रमण गरेका छन्।

नयाँ दिल्लीमा भारतका विदेश मन्त्री डा. एस जयशंकरसँगको भेटमा मन्त्री तुगेनधातले खालिस्तान समर्थक चरम पन्थीसँग लड्न बेलायतको क्षमता अभिवृद्धि गर्न नयाँ कोषको घोषणा गरेका छन्।

९५ हजार पाउण्डको लगानीले संयुक्त चरमपन्थी टास्क फोर्स मार्फत बेलायत र भारत बीच पहिले नै चलिरहेको संयुक्त कार्यलाई पूरक गर्दै खलिस्तान समर्थक चरमपन्थीबाट उत्पन्न खतराको बारेमा सरकारको बुझाइ बढाउने बताइएको छ।

भारत र बेलायतबीचको जीवित सम्बन्धले दुई मुलुकको गहिरो र स्थायी मित्रता झल्काउने बेलायती सुरक्षामन्त्रीले बताएका छन्। संसारको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा दुई मुलुकसँग संसारलाई सुरक्षित र थप समृद्ध बनाउन धेरै साझा अवसरहरू रहेको बताइएको छ।

'हाम्रा दुई राष्ट्रहरू बीचको गहिरो साझेदारीको अर्थ हामी दुवैले सामना गर्ने सुरक्षा खतराहरूलाई अझ प्रभावकारी रूपमा सामना गर्न सक्छौँ। म चरमपन्थ विरुद्ध हाम्रो बुझाइ र क्षमताहरू वृद्धि गर्न सँगै काम गर्न प्रतिबद्ध छु,' उनले भने।

भ्रष्टाचारले हाम्रो समृद्धिलाई पनि हानि पुर्‍याउँछ, हाम्रो समाजलाई नोक्सान पुर्‍याउँछ र हाम्रो राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ। म  जी२० भ्रष्टाचार विरोधी मन्त्री स्तरीय बैठकमा भाग लिन पाउँदा खुसी छु।

जी२० भ्रष्टाचार विरोधी मन्त्री स्तरीय बैठकमा भाग लिन कोलकाता जानुअघि मन्त्री तुगेनधातले बाल यौन शोषण, दुर्व्यवहार र ठगीबाट उत्पन्न संयुक्त चुनौतीबारे छलफल गर्न केन्द्रीय अनुसन्धान ब्युरोको पनि उनले अवलोकन गरेका थिए।  उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ