arrow

रहेनन् वरिष्ठ पत्रकार आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
dilliprasad-aacharya.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार, लेखक एवम् पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गएराति काठमाडौँमा निधन भएको हो । 

आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए । विसं १९९४ मङ्सिर ८ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए । 

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ