arrow

सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
100kg-gold-cib-2080-04-21 (10).jpg

काठमाडौँ। हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए ।

 तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए ।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अनुसन्धान गरिरहेको छ ।

 गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो । 

दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ