arrow

सीआईबीले गैरकानूनी आदेश नसुनोस् – रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई गैरकानूनी आदेश नमान्न आग्रह गरेका छन् । 

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ नै नगर्ने भएसँगै लामिछानेले सीआईबीलाई गैरकानूनी आदेश नसुन्न सुझाएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा माधव र बाबुरामलाई बयान नलिइ अपूरो र अधुरो फाइलको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहँदा लामिछानेले ठूलै गडबड भएको भन्दै सावधान गराएका हुन् । 

सामाजिक संजाल फेसबुकमा यसो लेखेका छन् आइतबार बिहान रविले –
‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपूरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यू केही त गडबड छ । ठूलै गडबड छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ