arrow

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नुअघि रुसी यान पर्‍यो दुर्घटनामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
luna-25.JPG

काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि रुसी यान दुर्घटनामा परेको छ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना परेको हो । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गइ दुर्घटना भएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको हो । 

रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमवार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो । 

स्थानीय समय अनुसार शनिवार २ बजेर ५७ मिनेटपछि लुना-२५ को सम्पर्क टुटेको थियो । हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ