arrow

उद्योग वाणिज्य संघको अध्यक्षमा धामी, निर्वाचन कार्यालयमा तालाबन्दी 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० भदौ ४ सोमबार
fnj-nepaljung-2080-05-04.jpg

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार धामीले २४५६ मत पाउँदा रौनियारले १५६६ मत प्राप्त गरे । ४९३१ जना मतदाता रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघमा ४१३२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो । 

त्यस्तै पदाधिकारीतर्फ उद्योग उपाध्यक्षमा समावेशीकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका मख्खन धामी निर्वाचित भए ।

खुला सदस्यतर्फ १० जना निर्वाचित भएका छन् । समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । 

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा(आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए । यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् । 

नेपालगन्जका उद्योगी व्यवसायीहरु समावेशी र साझा प्रजातान्त्रिक गरी दुई वटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । महासचिव पदको मतगणनामा धाधली भएको भन्दै साझा प्रजातान्त्रिक प्यानलले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ