arrow

उद्योग वाणिज्य संघको महासचिवमा पुनः मतगणना

logo
सौरभ गिरी,
प्रकाशित २०८० भदौ ४ सोमबार
fncci-nepaljung-2080-05-04.jpg

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा पुनः मतगणना हुने भएको छ । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएका कारण पुनः मतगणना गर्ने निर्णय गरिएको निर्वाचन आयुक्त टीकाजंग शाहले जानकारी दिएका छन् । 

निर्वाचन आयुक्तको कार्यालयबाट आज एक सूचना जारी गर्दै उनले महासचिवका उम्मेदवार शर्माले मतगणना कार्यमा चित्त नबुझेको भन्दै मतपरिणाम घोषणा हुनु पूर्व नै निवेदन दिएकाले मंगलबार बिहान ८ बजेदेखि पुनः मतगणना गर्ने जानकारी दिएका हुन् । 

महासचिवका अर्का उम्मेदवार भिमबहादुर रानाभाटलाई नेपालगञ्जज रंगशालाको कभर्डहलमा हुने पुनः मतगणनामा आफैँ वा प्रतिनिधि उपस्थित गराउन भनिएको छ । 

महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन आयुक्त शाहले अन्तिम मतपरिणाम घोषणा गरेको भन्दै पुनः मतगणनाको माग गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको गरिएको थियो । 

केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको थियो । 

साझा प्रजातान्त्रिक समूहबबाट महासचिवमा शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ