arrow

उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपालीभाषीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
Purna bdr khadka.jpg

काठमाडौँ । थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए । 

साथै उनीहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे । 

भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे । 

उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने आश्वासन दिए ।

यसअघि उक्त टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरी थाइल्याण्ड र म्यानमारमा बस्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ