arrow

सशस्त्रका अधिकृतहरुको ब्यापक सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
armed-police-force.png
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ । 

प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ । प्रतिष्ठानमा २२ दिन बिना जानकारी विदामा बसे पनि खत्रीलाई भने आकर्षक ठाउँमा पठाइएको छ । 

उनी साउन महिनाभर अमेरिका घुमेर भर्खरै नेपाल आएका थिए । आए लगत्तै उनलाई सशस्त्र मुख्यालयले प्रष्टीकरण सोधेको थियो । उनी सुर्खेतका भएकाले उपप्रधान तथा रक्षामन्त्रीको सोर्समा कमाण्डबाट कमाण्ड गर्न गएका हुन् । गणेश ठाडा, किशोर प्रधानलाई पनि उछिनेर उनले सोर्स लगाउन भ्याएका हुन् । 

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ । 

त्यस्तै एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान  तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम सिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरुवा गरिएको छ । दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी महानिरीक्षकको सचिवालयमा, डा. मनोजकुमार केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा, सरुवा गरिएको हो । 

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका थिए । नेपाल प्रहरीमा सरुवा मापदण्ड बनाएको केही दिनमैमा उनहरुको सरुवा भएको हो । 

सचिवालयमा रहेका भुपेन्द्रबहादुर खत्रीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा सुर्खेतबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा, सानुराम भट्टराईलाई प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा र सोमेन्द्रसिंह राठौरलाई प्रधान कार्यालय कार्य निर्देशनालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयना सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ