arrow

सशस्त्रमा एकैपटक एक सय ४० प्रहरी अधिकृतको बढुवा सिफारिस [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ ।  सशस्त्र प्रहरी बलले मंगलबार  ५६ जना एसपीमा  र ८४ जना डीएसपीमा  बढुवाको लागि नाम सिफारिस गरेको छ । 

बढुवा हुने एसपी सिसं ३ र डीएसपी सिसं ७ का रहेका छन् । २०६० भदौ २९ गते भर्ना भएका सिसं ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपीमा सिफारिस भएका हुन् । 

यसैगरी २०६४ सालको सिसं ७ बाट यसअघि ५६ जना डीएसपीमा  बढुवा भइसकेका छन्  भने आज बाँकी ८४ जना बढुवा भएका हुन् ।

यसैगरी २०६६ मंसिर २१ गते भर्ना भएका सिसं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपी भएका छन् । 

डीएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्याङ्कनलाई आधार बनाएर गरिएको छ । सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही दोश्रो लटमा डीएसपी भएका थिए । 

राजु अर्यालको ठोस नीति

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै वृत्तिविकासमा ध्यान दिँदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ । 

यस पटक ओएण्डएम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो ।     

महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो । संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो । 

सशस्त्र प्रहरीमा वर्षौँदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ।एण्डएम) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए । 

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ । 

हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शून्य भएको छ । गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवल्दार सम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो । 

जसअनुसार करिब १ महिनाको बीचमा एसएसपी १२, एसपी ५६, डीएसपी ८४, इन्सपेक्टर ७३, वरिष्ठ सई ५०, सई १ सय ४३, असई ८२, वरिष्ठ हबल्दार १ सय १८, हबल्दार१ हजार ९ सय २५ र सहायक हबल्दारमा ३ हजार ८ सय ७० गरी कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ