arrow

एसको बैठक आज पनि, नेपालको प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
madhav-nepal-2080-05.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । हिजोबाट शुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ८ बजे पुन: बस्दै छ ।

बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबारदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेको छ  । 

मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ ।

उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे । बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् । पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्य प्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।

पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ