काठमाडौं । सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिकाबाट २० बोतल कोरेक्सहित एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षिय तिलक महतो रहेका छन् ।उनलाई सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म विरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी जनाएको छ ।
यसैगरी मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिबाट ६० वटा नाइट्रोजन ट्याब्लेटसहित एपीएफ टोलीले सोहि जिल्लाको सुन्दरदुलारी नगरपालिका ३ गछिया बस्ने सुमन सुब्बालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका सुब्बालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।