arrow

सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रियो

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
APF.gif.gif
काठमाडौं । सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिकाबाट २० बोतल कोरेक्सहित एक जनालाई आइतबार  पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षिय तिलक महतो रहेका छन् ।उनलाई सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म विरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
 
पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको  सशस्त्र प्रहरी जनाएको छ ।
 
यसैगरी मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिबाट  ६० वटा नाइट्रोजन ट्याब्लेटसहित एपीएफ टोलीले सोहि जिल्लाको सुन्दरदुलारी नगरपालिका ३ गछिया बस्ने सुमन सुब्बालाई पक्राउ  गरेको छ । 
 
सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका सुब्बालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ