arrow

सर्वदलीय बैठकमा यस्तो सहमति [भिडियो]

सीआइबीको अनुसन्धानपछि असोज ५ गते उच्चस्तरीय छानबिन आयोग बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
ramesh-lekhak-sarbadaliya-nirnaya.jpg

काठमाडौं ।  सुन तस्करी प्रकरणको अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन हुने भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको हो ।

 बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने सहमति भएसँगै आजबाट संसद खुल्ने बताए । उनले भेवमा लुकाएर ल्याएको सुन, साउन २ गते पैठारी भएर आएको सुन लगायतका घटनाको बारेमा उच्चस्तरीय छानबिन आयोगले गम्भीरताका साथ अध्ययन गर्ने बताए । भविष्यमा यस्ता तस्करी नहुने सुनिश्चिततासहित आयोगले प्रतिवेदन बुझाउने पनि बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान सकेपछि असोज ५ गते उच्चस्तरीय छानबिन आयोग बन्ने बताए । उनले बैठकमा अनुसन्धान ब्युरोलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न दिने सहमति भएको पनि बताए ।

उनले ब्युरोले नै अभियोजन पनि गर्ने उल्लेख गरे । उच्चस्तरीय छानबिन आयोग बनेको दिनबाट नै कार्यान्वयनमा जाने बताए । योसँगै आजबाट सदनमा एमालेको अवरोध हटेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ