arrow

सर्वोच्चले लगायो सांसद विकास कोष कार्यक्रममा रोक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले सांसद विकास कोष कार्यक्रममा रोक लगाएको छ । संघीय सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधि सभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । 

सर्वोच्चको बुधबार बसेको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो । प्रधानन्यायाधीशको शपथ खाएको दोस्रो दिनमै विश्वम्भरप्रसाद श्रेष्ठसँगै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्द समेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ