arrow

दुई जनामा कोरोनाको नयाँ भेरियन्ट भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।  इजिप्टमा भाइरसको नयाँ भेरियन्ट इजी-५ फेला परेको हो ।

मंगलवार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी-५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरूलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ । श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरूले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । 

इजी-५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरीमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्व स्वास्थ्य सङ्गठनले इजी-५ लाई ओमिक्रोनको अर्को प्रकारको रूपमा वर्गीकरण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ