arrow

सीमाको आपराधिक गतिविधि निर्मूल पार्न महानिरीक्षक अर्यालको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
raju-aryal-igp-apf.jpg
तस्बिर – फाइल ।

कृष्णनगर । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले सीमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए । 

प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । उनले भने, “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सीमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ