arrow

उत्तर कोरियाले अक्टोबरमा अर्को भू-उपग्रह प्रक्षेपण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
kim-jong-un-bbc.jpg

काठमाडौं । उत्तर कोरियाले जासुसी भू-उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ ।

 पहिलो जासुसी भू-उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो । 

उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएका छन् भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन् । 

‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही उपग्रह मालिगयोङ-१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीयसमाचार संस्था (केसीएनए)ले जनाएको छ ।

“तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,” विज्ञप्तिमा भनिएको छ । 

दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३ः५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ । भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पुर्‍याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोतसाधनको दुरुपयोग गरिरहेको’ बताएको छ ।

उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू-उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी-३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो ।
 
जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने, “यस्तो व्यवहार संयुक्त राष्ट्रसङ्घको प्रस्तावविपरीत छ र हामीले पहिलेदेखि नै कडा विरोध गरिरहेका छौं ।”

किशिदाले हालै सम्पन्न त्रिपक्षीय क्याम्प डेभिड शिखर सम्मेलनको आलोकमा वासिङ्टन, टोकियो र सियोलले ‘पहिलेभन्दा बढी नजिकबाट समन्वय गर्ने’ बताए । 

उत्तर कोरियालाई क्षेप्यास्त्र र अन्तरिक्ष रकेट दुवैका लागि प्रयोग गरिने ब्यालेस्टिक प्रविधिको परीक्षणगर्न संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रस्तावअनुसार प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले भने, “यो प्रक्षेपणले यस क्षेत्र र बाहिरको सुरक्षा स्थितिलाई अस्थिर पार्ने खतरा छ ।

वासिङ्टन र सियोलले सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेको केही समयपछि यो प्रक्षेपण भएको हो ।

‘उल्ची फ्रिडम शिल्ड’को नामले चिनिने यो वार्षिक अभ्यास अगस्ट ३१ सम्म चल्नेछ । यसले प्योङयाङलाई सधैं चिढ्याउँछ र पहिले नै उत्तर कोरियाली ह्याकरहरूको निशानामा पर्दै आएको छ । 

प्योङयाङको आणविक निःशस्त्रीकरणबारे छलफल गर्ने असफल प्रयासपछि दुई कोरियाबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गर्दै सामरिक आणविक हतियारलगायत हतियार उत्पादन बढाउन आह्वान गरेका छन् । सफलतापूर्वक एक जासूस उपग्रह अन्तरिक्षको कक्षमा राख्नु उत्तर कोरियाको लागि सैन्य सूचना सङ्कलनका लागि एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।

अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक
काठमाडौँ, ७ भदौ : दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बिहीबार यहाँ सार्वजनिक गरिएको छ । 

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए । उनले भने, “हामीले चलचित्र पूरा गर्न सकेनाँै । तर, उनको अन्तिम कामलाई साङ्गीतिक श्रव्यदृश्यकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।” गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेको छ । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए । 

“हामीले बर्दियामा अभिनेता ताम्राकारको दृश्यलाई खिचेका थियौँ । काठमाडौँको सेड्युलमा उनको अलि पछाडि थियो । त्यही क्रममा दुःखद घटना घट्यो”, निर्देशक गुरुङले भने, “यो हाम्रो निर्माण समूहको तर्फबाट अभिनेता ताम्राकारलाई श्रद्धाञ्जलि हो । उनको काम सबैले हेर्न पाउनुहोस् भन्ने लगेर सार्वजनिक गरेका हौँ ।”

कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो । आमा ताम्राकारले आफ्नो छोराको अन्तिम कामलाई दर्शकसम्म प¥ुयाउनु हुने निर्माण समूहलाई धन्यवाद दिए । उनले भने, “उसले यो चलचित्रको लागि निकै समय खर्चिएको थियो । यसमा आफ्नो पात्रलाई लिएर उ निकै मेहनती थियो । यसलाई ठूलो पर्दामा हेर्ने रहर हुँदै गर्दा पनि बिहीबार यहाँ हेर्नु प¥यो ।” 

उनले आफ्ना पति सानु ताम्राकार यही वियोगका कारण बिरामी भएर अस्पतालमा रहनुभएको जानकारी दिँदै छोरा ताम्राकारको अनुसन्धानमा खटिएका प्रहरीलाई सत्यतथ्य छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरे । 

कलाकार सङ्घका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनुपर्छ’ भन्दै आफ्नो मन्तव्यको शुरुआत गरे । “हामी कसैलाई दोष दिन चाहदैनाँै तर कलाकारसँग जोडिएको र बाहिर विभिन्न किसिमका अड्कलबाजीका खबरहरू आइरहेका छन् । त्यसैले गर्दा यस प्रकरणमा छिट्टै सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने हाम्रो भनाइ छ”, अध्यक्ष निरौलाले भने । 

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिनुभएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गरे । “उसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के-कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ”, अभिनेत्री श्रेष्ठले भने । 

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाउनुभएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसक्नुभएको थियो । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ