arrow

नेपालले जित्यो महिला टी–२० सिरिज, ऐतिहासिक सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
cricket-nepal-women-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको यो पहिलो उपाधि हो । 

फाइनल खेलमा वर्षा बाधक भएपछि डकवर्थ लेविस पद्दतिअनुसार नेपाललाई विजेता घोषणा गरिएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १०२ रनको सामान्य लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनायो । 

यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिइन् ।

जवाफमा नेपालले वर्षाले खेल रोकिनुपूर्व ५.३ ओभरमा १ विकेट बनाउँदै ३७ रन बनाएको थियो । त्यसपछि नेपाल १३ रनले विजयी भयो । इन्दू बर्माले १९ तथा सीता रानामगरले १३ रन बनाइन् । काजल श्रेष्ठले खाता खोल्न सकिनन् । 

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । 

यस्तै हङकङ नेपालसँग पराजित हुँदा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सिरिजमा सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ