arrow

रविले भने-सद्भाव खलबल्याएर राजनीतिको रोटी सेक्ने काम हुँदैछ [भिडियो]

यो आगोमा म पेट्रोल, मट्टितेल हाल्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
ravi-roti-sekney.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सामाजिक सद्भाव खलबल्याएर राजनीतिको रोटी सेक्ने काम भइरहेको बताएका छन् । उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए । 

 उनले भने,'यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानूनी रूपमा वर्जित काम गर्न पाइँदैन । कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य हामी कसैले गर्नु हुँदैन । सद्भाव खलबल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’

लामिछानेले समाजको सद्भाव खलबल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षा रुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे । उनले कानूनी रूपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य नगर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ