arrow

दैलेखमा बाल बिवाह रोकिएन, स्कूले बिद्यार्थी भागेर बिवाह गर्दै

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
वालबिवाह.jpeg

दैलेख ।  दैलेखमा पछिल्लो समय बालविबाह गर्नेको संख्या अत्याधिक वृद्धि भएको छ । गाउँ घरमा कलिलो उमेरमा विबाह गर्ने परम्परा नै बसेको छ । नेपालको कानुन अनुसार केटीको उमेर १८ वर्ष र केटाको उमेर २१ वर्ष भए पछी मात्र विवाह गर्न कानुनले छुट दिएको छ ।

अझैँ पनि शहरी भेगमा होस वा ग्रामिण बस्तीहरुमा बाल विवाह गर्नेको संख्या घट्न सकेको छैन । अब मंसिर महिना  नजिकिदै गर्दा गाँउ घरमा एक किसिमको लहर नै चल्ने गरेको छ । दैलेख लाँकुरी गाविसका कक्षा ६,७, ८, ९ मा अध्ययनरत विद्यार्थीहरु यस वर्ष मात्र झण्डै ३२ जोडीले बाल विवाह गरेका छन । पछिल्लो डाटा अनुसार जिल्लामा असोज महिनामा मात्र ४० जोडिले भागेर विवाह गरेका छन । सानो उमेरमा बाल विवाह गर्दा उनीहरुले दुख खेपिरहेका छन । उनीहरुको उमेर नेपालको कानुन सम्म पुग्दा बच्चाको उमेर ६,७ वर्षको हुने गरेको र विवाह दर्ता गराउन नमिल्दा बच्चाको भविष्य समेत ओझेलमा पर्ने गरेको उदाहरणह थुप्रै भेटिन्छन् । एकातिर कलिला बाल बालिकालाई फेसबुक र मोवाइलको कारणले पनि बाल बिबाह बढेको र अभिभावकले समेत चासो नदिएको कारण यो समस्या आएको राष्ट्रिय वाल अधिकार संरक्षण संजाल नेपाल प्रदेश नं. ६ का संयोजक हीरासिंह थापाले बताए ।

 थापाले यो बालविवाहबाट रोक्नको लागि बालविवाहलाई जिल्लाका विभिन्न गाउँमा गठित बाल क्लवले गाउँमा “विहेवारी २० वर्षपारि” भन्ने नारा लगाएको थापाले बताए । नारा नारामै सिसित भएको छ । झनै बालविवाह गर्नेको संख्या बढेको छ । सानो उमेरमा बाल विवाह गर्दा उनीहरु विद्यालयमा अध्ययन गर्न र हरेक ठाँउमा सहभागि हुन नपाउने र घरको गृहणी भएर सम्पूर्ण जिम्मेवारीलाई कलिलो उमेरमा बहन गर्न अधिकाशं बाल विवाहका जोडीहरु बाध्य छन ।  कालिकोट जिल्ला घर बताउने नाम परिवर्तन माँया चौलागाई अहिले जम्मा १७ वर्ष पुगेकि छिन जिल्ला प्रहरीले सोधपुछको क्रममा दिन दिनै बोलाउदा हैरान छिन ।  फेसबुकबाट जुरेको समन्ध जिल्ला प्रहरीकोमा आएपछि माँया भन्छिन भागेर आएको मात्र हो हामिले विहे गरेका छैनौ अव उमेर पुगेपछि मात्र विहे र्गछु भनेर स्वीकार गरिन । त्यस्तै अवलपरजुलकी मिना ( नाम परिवर्तन) पनि १४ वर्षमा उनको बाल बिबाह नै भएको थियो । उनी कक्षा ६ मा पढ्दा पढदै बैबाहिक सम्वन्धमा बाधिन पुगिन उनको उमेर १६ वर्ष नपुग्दै उनले छोरी जन्माइन् । कापी र कलम समाउने उनका हातहरु यति बेला बच्चाको सम्पूर्ण जिम्मेवारी बहन गर्दै छिन् । उनि अहिले बाल विवाहको विरोध गर्दै हिडेको बताउछिन । समाजमा यस्ता घटना हुन नदिने प्रतिबद्धता पनि गरे पनि सुधार हुन सकेको छैन् ।

यस्तै अर्को पात्र हुन विवेक (नाम परिवर्तन) उनको बिबाह भएको झण्डै ३ वर्ष भन्दा बढी भइसक्यो तर गाँउ विकास समितिबाट प्राप्त हुने बिबाह दर्ता पाउन सकेका छैनन् । यि त केही उदाहरण मात्र हुन् तर यस्ता कलिलो उमेरमै विवाह गर्नेको संख्या तिब्र बढिरहेको छ । राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १५ वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेको उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन । यसरी बाल बिवाह रोक्न बनाइएको कानूनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना हुन्छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकृत भुवनेश्वर शाहले बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ