arrow

आठ सय जनालाई नि:शुल्क उपचार र औषधि 

logo
निरञ्जन साह,
प्रकाशित २०८० भदौ १० आइतबार
dhanusa-sibir.jpg

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले हरिपुरस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा सो शिविर सञ्चालन गरेको हो । शिविरमा आठ सय जनाले स्वास्थ्य जाँच गराई लाभ लिएको ट्रस्टका अध्यक्ष परमेश्वर महासेठले बताए । 

गत वर्ष करिब एक हजार पाँच सय जनाले स्वास्थ्य जाँच गराइ लाभ लिएको तर यो साल वर्षाको कारण प्रभावित भएको डा.रामेश्वर महासेठले बताए। यो वर्ष ट्रस्टले चार देखि ५ हजार जनाको उपचार गर्ने लक्ष राखेको थियो तर पानी परेर धेरै प्रभावित हुन गएको डा. चन्देश्वर महासेठले जानकारी गराए।

शिविरमा मेडिसिन, डेन्टल, सर्जन, गाइनो, बालरोग लगायतका दक्ष तथा अनुभवी चिकित्सकहरूले स्वास्थ्य जाँच गरेको शिविर व्यवस्थापक सहयोगी स्थानीय श्याम महतोले बताए । उपचार गराउन आएका स्थानीय ५८ वर्षीय जित बहादुर परियारलाई पाखुरा दुख्ने समस्याले ग्रहसितले हैरान थिए तर गाउँमै निःशुल्क उपचार र औषधि पाउँदा खुसी व्यक्त गरे। 

त्यस्तै उपचार गराउनु आएकी ७४ वर्षीय मुसिमाया लम्माले आफू धेरै गरिब रहेको र घरमै निःशुल्क उपचार सबै परमेश्वर महासेठको देन रहेको भएको बताइन् । 

उस्तै उपचार गराउन आएका ५८ वर्षीय रामजतन महतो ,६७ वर्षीय रामप्रकाश महतो र ७५ वर्षीय मनमाया लम्माले समाज सेवा नै सबै धर्म रहेको यस्तो धेरै कामहरू श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले गर्ने गरेको बताए ।

शिविरमा बालरोग विशेषज्ञ डा. चन्देश्वर महासेठ, फिजिसियन डा. रामेश्वर महासेठ, सर्जन प्रा.डा. सुबोध अधिकारी, गाईनो डा. संदिप पाण्डेय, मेडिकल अफिसर डा. विपिन साह, डा.सरोज साह, डेन्टीष्ट डा. ललिता यादव, रञ्जित राउत लगायतका चिकित्सकहरूले सम्बन्धित बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।

यता शिविरमा जाँच गराएका बिरामीहरूलाई पुर्जा अनुसारको औषधी समेत निःशुल्क वितरण गरिएको शिविर व्यवस्थापक श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टका अध्यक्ष महासेठले बताए ।

बसाई जनकपुरधाममा भए पनि प्रत्येक वर्ष आफ्नो कुल देवताको पूजापाठ गर्न जन्मभूमि गाउँ हरिपुर आउने गरेको र सोही मौकामा यहाँ आफ्नो बाजेको नामले स्थापित श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टको आयोजनामा स्वास्थ्य शिविर लगाउने गरेको व्यवस्थापक महासेठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ