arrow

किन चलेन ललिता निवास जग्गा प्रकरणमा संगठित अपराधमा मुद्दा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
lalita-niwas-prakaran-2080-05-10 (2).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई सय ९० जनाविरुद्ध कीर्ते मुद्दा चलाइएको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतमा कीर्ते मुद्धामात्र चलाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन भनेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कीर्तेमा मात्र मुद्धा चलाएको हो । 

सरकारी वकिलको कार्यालयले संगठित अपराध सम्बन्धी कानून नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानून लगाउन नमिल्ने भएका कारण संगठित अपराधमा मुद्दा नचलाइएको हो । 

सरकारी वकिलको कार्यालयका प्रवक्ता महेश खत्रीका अनुसार यो प्रकरण २०४९ सालदेखिको भएकाले पश्चदर्शी कानून लगाउन नमिल्ने भएको हो । 

यो प्रकरण २०६९ सालसम्म निरन्तर रहेको देखिन्छ । तर संगठित अपराधसम्बन्धी ऐन २०७० सालमा मात्र आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ