arrow
ADVERTISEMENT

आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक :चन्द्र ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
chandra-dhakal-2080.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार काठमाडौँमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायी, बैङ्क, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैङ्कले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताए । 

अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनु पर्ने दिन आउने पनि बताए । अध्यक्ष ढकालले सरकार र राष्ट्र बैङ्कले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताए ।

अध्यक्ष ढकालले पछिल्लो समय बैङ्कबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैङ्कप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामूहिक रूपमा यस्ता क्रियाकलापलाई निस्तेज पर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ