arrow

राप्रपालाई किन गर्‍यो माओवादीले समर्थन ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
madhav-sapkota.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सापकोटाले माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन् ।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश र सङ्घमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन् । उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताए ।

उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबै कुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरूले प्रदेश र सङ्घमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ