arrow

आफ्ना नागरिकका लागि उत्तर कोरियाले खोल्यो सीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
birth-rate-south-korea.jpg

काठमाडौं ।  महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो  खुला गरेको छ । 

महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् । 

“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले आइतबार जनाएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरुलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।  

स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ