काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि जर्मन राजदूत माथियास मायरबीच भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत मायरबीच आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
राजदूत मायरले नेपालको संविधान कार्यान्वयनका विषयमा समेत चासो राखे । गृहमन्त्री निधिले संविधान कार्यान्वयनका विषयमा सबै दलहरुसंग संवाद भइरहेको जानकारी गराउँदै नेपालको विकासमा जर्मनीले पुर्याएको सहयोगको प्रशंसा गरे ।