arrow

निधिले भेटे जर्मन राजदूतलाई

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
nidhi-ra-jarman-rajdut.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि जर्मन राजदूत माथियास मायरबीच भेटवार्ता भएको छ । 
 
गृहमन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत मायरबीच आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । 
 
राजदूत मायरले नेपालको संविधान कार्यान्वयनका विषयमा समेत चासो राखे । गृहमन्त्री निधिले संविधान कार्यान्वयनका विषयमा सबै दलहरुसंग संवाद भइरहेको जानकारी गराउँदै नेपालको विकासमा जर्मनीले पुर्‍याएको सहयोगको प्रशंसा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ