arrow

शेयरबजार साइडवेजमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दु मुनि छ । यस दिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।  

बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागीता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।

 यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ