arrow

उपप्रधानमन्त्रीसँग भारतको एडीसीका शिक्षार्थीको शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
adc-india-[urna.JPG

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडिसी), नयाँदिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गरेका छन् । 
 
सोमबार रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उनले बताए ।  

रक्षामन्त्री खड्काले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए । 

प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भारतीय एयर-भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकामा उनले धन्यवाद दिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ छ ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवं नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ