arrow

‘लोकमान’ महाभियोग : सभामुखले भनिन्,‘म पछि हट्दिन’

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
onsari-student-bhet-news.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले संसदमा पेश अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको प्रस्ताव हर कुनै हातले अघि बढ्ने बताएकी छन् । 
 
सोमबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेको संयुक्त विद्यार्थीसंगठनको प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घर्तीले मंगलबारबाट छलफल सुरु हुने प्रक्रिया अघि बढ्नु बताएकी हुन् । उनले भनिन्, ‘प्रक्रिया तीब्रताका साथ अघि बढ्छ , म पछि हट्दिन । जननिर्वाचित प्रतिनिधिहरुले विधि सम्वत ल्याएको महाभियो प्रस्ताव कसैले रोकेर रोकिँदैन ।’
 
विभिन्न दल सम्बद्ध १३ विद्यार्थी संगठनहरुको संयुक्त प्रतिनिधिमण्डल कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएदेखि निरन्तर दबाब अभियानमा छ । शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास पुगेका विद्यार्थीहरु आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका थिए । 
 
आइतबार दिउँसो उनीहरुले काठमाडौंमा विशाल प्रदर्शन गरे । यस्तै, महाभियोग प्रस्ताव पारित नभएसम्म आफुहरुको दबाब अभियान चलिरहने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 
 
प्रतिनिधिमण्डलमा अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपाने र नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीलगायत १३ विद्यार्थी संगठनका प्रतिनिधिहरु सहभागि थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ