arrow

अर्थतन्त्रबारे विज्ञहरू भन्छन्, भारत अब रोकिने छैन : प्रधानमन्त्री मोदी

logo
एजेन्सी,
प्रकाशित २०८० साउन ३० मंगलबार
india-industry-worker.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री मोदीले डिजिटल सार्वजनिक पूर्वाधारलाई सफल बनाउन युवाहरूको योगदानको प्रशंसा गर्दै भारतको अर्थतन्त्रको सहयोगी बनेको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार देशको विकासलाई प्रकाश पार्दै विश्व विज्ञहरूले देशको प्रशंसा गरिरहेको उल्लेख गर्दै भारत अब नरोकिनेसमेत बताएका छन्।

७७ औँ स्वतन्त्रता दिवसमा लाल किल्लाबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, 'विश्वका विज्ञहरूले भारत अब नरोकिने भनिरहेका छन्, सबै रेटिङ एजेन्सीहरूले देशको प्रशंसा गरिरहेका छन्।'

उनले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई सफल बनाउन युवाको योगदानको प्रशंसा गर्दै टियर २ र टियर ३ सहरले पनि स्टार्टअपलगायत विभिन्न क्षेत्रमा ठूलो प्रभाव पारेको बताए।

'गत वर्ष बालीमा भएको जी२० शिखर सम्मेलनमा विकसित राष्ट्रहरू सहित सबैले डिजिटल सार्वजनिक पूर्वाधारको सफलताको बारेमा जान्न चाहन्थे। र मैले भारतले जे गरेको छ, त्यो मुम्बई, दिल्ली र कोलकातामा मात्र सीमित नभएको बताएको छु। टियर-२ र टियर-३ सहरका युवाहरूले पनि विभिन्न क्षेत्रमा धेरै प्रभाव पारिरहेका छन्... भारतका साना सहरहरू र गाउँहरूमा पनि विश्वमा प्रतिनिधित्व गर्ने साहस छ,' प्रधानमन्त्री मोदीले भने।

जी२० बारे कुरा गर्दै प्रधानमन्त्री मोदीले भारतले जी२० शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको र एक वर्षमा विभिन्न स्थानीय सहरहरूले आयोजना गरेका कार्यक्रमहरूले विश्वलाई क्षमता र विविधताको परिचय दिएको बताएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले पनि स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा सोमबार देशलाई सम्बोधन गर्दै भारतले विश्व मञ्चमा आफ्नो उचित स्थान मात्र प्राप्त गरेको नभई, यसले अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्नो स्थान बढाएको बताएकी छन्।

मुर्मुले भारतीय डायस्पोराका सदस्यहरूसँगको भ्रमण र अन्तरक्रियामा आफूले भारतको कथामा नयाँ विश्वास देखेको बताइन्।

'भारतले विश्वभर विकास र मानवीय लक्ष्यहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यसले अन्तर्राष्ट्रिय फोरमहरूको नेतृत्व पनि ग्रहण गरेको छ, विशेष गरी जी२० को अध्यक्षता,' राष्ट्रपतिले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ