arrow

क्यान्सर अस्पतालका सम्पूर्ण शैय्या निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
bp-hospital.jpeg

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन् । 

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए । 

पदभार ग्रहण गर्दै गर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । 

अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ