arrow

कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
chitwan-karagar.jpg

काठमाडौँ । चितवनस्थित जिल्ला कारागारका ५० जना कैदीबन्दीहरू भाइरल ज्वरोबाट पीडित भएका छन् । कारागारभित्र तीव्र रूपमा संक्रमण फैलिँदा कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ ।

जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या पुष्टि भइसकेको छ । "दैनिक पाँचदेखि सात जना नयाँ बिरामी थपिइरहेका छन्," प्रमुख ढुङ्गानाले भने, "भाइरल ज्वरोको समस्या दैनिक रूपमा बढ्दै गएको छ ।"

हाल यो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरूलाई राखिएकाले पनि संक्रमण छिटो फैलिएको अनुमान गरिएको छ । ६०० जनाको कुल क्षमता रहेको यस कारागारमा हाल ७१२ जना कैदीबन्दीहरू आश्रित छन् । कारागारमा ५० जना महिला र ५५० जना पुरुष राख्न सक्ने वास्तविक क्षमता भए पनि क्षमताको सीमा नाघेर बन्दीहरू राख्नुपर्ने बाध्यता छ ।

ज्वरोका बिरामीहरू बढ्दै गएपछि कारागार प्रशासनले सतर्कता अपनाएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरूलाई अन्य कैदीबन्दीहरूबाट अलग गरी छुट्टै कोठामा (आइसोलेसन) राखेर उपचारको व्यवस्था मिलाइएको छ । बिरामीहरूको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको प्राविधिक सहयोग एवं समन्वयमा आवश्यक औषधिको व्यवस्थापन गरिएको कारागार प्रमुख ढुङ्गानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ