बर्दिवास। उद्योगमन्त्री तथा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले मधेसका माग संविधान संशोधनबाट पूरा गर्न सरकार गृहकार्यमा जुटेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा काँग्रेस बर्दिवास नगर कार्यसमितिले आयोजना गरेको राजनीतिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कानुनी प्रक्रिया र जनचासोलाई सरकार र दलहरूले बेवास्ता गर्न नसक्ने बताए । रासस