arrow

माछापुच्छ्रे बैंकको बोनस शेयर घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १३.३० प्रतिशत बोनस शेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकको शेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ