arrow
ADVERTISEMENT

श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा : चन्द्रप्रसाद ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
chandra-dhakal-fncci.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताएका हुन् । 

उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए । उनले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । 

उनले भने,‘ मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ । सरकारको नीतिगत कारणबाट वा कोभिडको कारण वा विश्वव्यापी समस्याको कारण अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ ।'

उनले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गरे । उनले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ