arrow

नबिल बैङ्क अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
nabil-bank-awarded-2023.jpg

काठमाडौँ। नबिल बैङ्कले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३  मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ। कम्पास प्लस टेक्नोलोजीले नबिल बैङ्कलाई बैङ्किङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो।

अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका सर्गेई पुतेनिखिन, उपाध्यक्ष, पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रबन्ध निर्देशकले नबिल बैङ्कका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थालाई उक्त अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा बङ्गलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैङ्किङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए। यस अवार्डले बैङ्कलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैङ्किङ सेवाहरू ल्याएका छौँ। यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैङ्किङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ।’

निजी क्षेत्रको पहिलो बैङ्क नबिल बैङ्कले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैङ्किङ प्रणाली ल्याएको थियो। नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैङ्किङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रूपमा भित्र्याउँदै आएको छ। नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू, पीओएस टर्मिनल, देशमा ई–कमर्स कारोबार सहज बनाउन पहिलो ३डीएस एसीएस २.एक्स कम्प्लायन्ट पेमेन्ट गेटवे लागू गर्ने, र पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याएको थियो।

साथै, नबिल बैङ्कले ग्रिन पिन र कार्ड रहित निकासी सेवाहरू, मोबाइल बैङ्किङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड) थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैङ्किङ सेवा जस्ता नवीनतम प्रविधि ल्याई अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

नबिल बैङ्क नेपालको निजी क्षेत्रको एक अग्रणी बैङ्क हो। नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ