arrow

३१ रनमै समेटियो बहराइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
cricke-nepal-women-2023-09-01.jpg

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 
 
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन । त्यस्तै कविता कुँवर, पुजा महतो  र रुविना क्षेत्रीले समान एक-एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ