arrow

आईजीपी अर्यालबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
apf-officers-2080-05-15.jpg

काठमाडौँ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान प्रदान गरेका छन् । 

गृह मन्त्रालयको भदौ ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए। 

महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरूप पदोन्नति भएको बताए । 

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन लिँदै संगठन स्थापना पश्चात संगठनको साख वृद्धिमा टेवा पुर्‍याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे । 

महानिरीक्षक अर्यालले भ्रष्टाचार विरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भइ थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ