arrow

जिल्ला अदालतमा दोभाषे सेवा

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
palpa.jpeg
पाल्पा । पाल्पा जिल्ला अदालतले चार जनालाई दोभाषे नियुक्ति गरेको छ । 
 
अदालतले नेपाल भाषा, मगर र अङ्ग्रेजी भाषाका दोभाषे नियुक्त गरेपछि नेपाली भाषा बोल्न नसक्नेका लागि सहज भएको छ । दोभाषे नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका महिला तथा बालबालिका आफ्ना समस्या बताउन समस्यामा पर्दै आएका थिए । 
 
जिल्लामा मगर समुदायको बाहुल्य रहेकाले उनीहरुलाई मगर भाषाको दोभाषे नियुक्त गरेपछि राहत मिलेको अदालतका स्रेस्तेदार सुवर्ण खनाल बताउँछन् । जिल्लामा मगर र नेपाल भाषा बोल्ने समुदायको बाक्लो बस्ती रहेको छ । 
 
गत आवमा जिल्ला अदालतबाट १०१ जोडीले सम्बन्धविच्छेद गरेको र २३ मुद्दामध्ये १८ मुद्दामा मेलमिलाप भएको अदालतले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ