arrow

सेजनमा सुजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
sejon-2080-05-16.jpg

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार राजधानीमा सम्पन्न  २५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

ओलीले ९९ भोट निकटतम प्रतिद्धन्द्धी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरे । साधारण सभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका हुन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरे । 

यसैगरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाए । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । 

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भए । सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।



नयाँ