arrow

नेपालले भुटानलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
cricket-women-nepal-2023-09-03.jpeg

काठमाडौँ । नेपाल मलेसियामा जारी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । 

नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका चार खेलाडी शून्य रनमा आउट भएका थिए । कविता जोशीले ९ तथा सीता रानामगरले ८ रन बनाइन् ।

भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । अन्जु गुरुङ र सोनमले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । 

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि पूजा महतोले ३ तथा कविता कुवँर, खुशी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १–१ विकेट लिइन् । 

नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई ५ रनले तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । 

नेपालले चौथो खेलमा सोमबार कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार यूएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

प्रतियोगितामा समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ