arrow

नबिलले ल्यायो विशेष तीज अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
nabil-nari-premium-teej.jpg

काठमाडौँ। नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैङ्कले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैङ्कको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैङ्किङ निःशुल्क प्रयोग गर्न सक्नेछन्। साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लक्कर शुल्क पनि निःशुल्क गरिएको छ।

सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन्।

नबिल बैङ्क नेपालको निजी क्षेत्रको एक अग्रणी बैङ्क हो। नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा उदाहरणीय  काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ