- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् ।
राहत दिने काममा ढिलाइ भएको स्वीकार गर्दै उनले राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताए ।
सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको बताए ।
मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको बताए ।