arrow

चीनसँग सम्वाद गर्नु कमजोरी होइन : अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
china-usa_1617870008.jpg

काठमाडौं । बेइजिङका अधिकारीसँग वार्ता गर्नु वासिङ्टनको कमजोरीको सङ्केत नभएको भन्दै अमेरिकी वाणिज्य मन्त्रीले वार्ता नगर्दा थप तनाव र असमझदारी बढ्न सक्ने बताएका छन् । 

“यो अमेरिकाको हितमा छ । यो चीनको हितमा छ । वास्तवमा अमेरिका र चीनबीच स्थिर र महत्वपूर्ण व्यापारिक सम्बन्ध हुनु विश्वको हितमा छ,” बेइजिङबाट फर्केको केही दिनपछि विदेशमन्त्री जिना राइमोन्डोले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने । 

“चीनसँग छलफल गर्नु वा संवाद गर्नु कमजोरीको सङ्केत हो भन्ने मान्यतालाई म स्वीकार गर्दिन,” उनले भने । 

राइमोन्डोले बेइजिङ भ्रमणका क्रममा आफ्ना समकक्षी वाङ वेनताओ र प्रधानमन्त्री ली खछ््याङसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। 

बाइडन प्रशासनले गहिरो र निरन्तर तनावको समयमा बेइजिङसँग अझ प्रभावकारी कार्य सम्बन्ध पुनस्र्थापित गर्न काम गरिरहेको बेला यो भ्रमण भएको हो ।

ग्रीष्मऋतुको सुरुदेखि अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीको यो चौथो भ्रमण हो । उनले अमेरिका र चीनबीच स्थिर र महत्वपूर्ण व्यापारिक सम्बन्ध हुनु विश्वको हितमा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ