arrow

नेप्सेमा झिनो अंकको सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजार अन्तिम प्रहरमा सकारात्मक बनेर बन्द भएको छ । सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा आएको छ । आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।

यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ । ५ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ