arrow

'लोकमानले राष्ट्रसेवक र नेतालाई १३ पन्नाको हाजिर भराउने आतंक गरे'

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
bhanubhakta-dhakal-news-lokman.jpeg
काठमाडौं । एमाले प्रमुख सचेतक एवं सांसद भानुभक्त ढकालले लोकमानसिंह कार्कीले अख्तियारको दुरुपयोग गर्दै अनुचित काम गरेको बताएका छन् । 
 
कार्कीविरुद्ध पेश भएको महाभियोग प्रस्तावको समर्थन गर्दै सचेतक ढकालले संविधान र कानुनलाई समेत आफ्नो हातमा लिएर कार्कीले आफुखुसी काम गरेको बताए । सर्वोच्व अदालतले म्याद तामेल गर्न पठाउँदा पनि म्याद बुझ्न नमान्दै कार्कीले सर्वोच्व अदालतको बर्खिलाप गरको उनले सुनाए । 
 
उनले कार्कीले कानुन विपरीत अख्तियारको क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको पनि औंल्याए । सार्वभौम संसदले समेत बैठकमा बोलाउँदा एउटा संवैधानिक निकायको आयुक्त भएर उपस्थिति नहुनु कानूनी मर्यादा ठाडो उल्लंघन भएको ढकालले तर्क गरे । 
 
कार्कीमाथिको महाभियोगलाई आफ्नो मुद्दामा समावेश गरेर महाभियोग प्रस्तावलाई अघि बढाउन भूमिका निर्वाह गरेका प्रध्यापक डा. गोविन्द केसीलाई मानसिक सन्तुलन गुमाएको भन्नेसम्मको हर्कत गरेको ढकालले बताए । ढकालले भने, ‘डा् गोविन्द केसीले भ्रष्टाचार र वेथितिविरुद्ध केसीले जनमत जुटाउँदा केसी मानसिक विरामी हुन् भन्दै वक्तव निकाल्ने काम भयो ।’ यस्ता प्रतिशोधपूर्ण दृष्टान्त कयौं छन् । 
 
उनले पहिलो प्रयास गर्ने कांग्रेस सांसद गगन थापा, धनराज गुरुङ र माओवादी सांसद श्याम श्रेष्ठलाई सम्झिरहेको छु –भने । यस्तै ढकालले तत्कालिन प्रधानमन्त्री केपी ओली भारतको राजकीय भ्रमणमा रहेका बेला भारतीय राष्ट्रपतिसँगको भेटकै बखत नेपालमा पत्रकार सम्मेलन गरी वक्तव्यबाजी गर्ने काम समेत गरेको उल्लेख गरे । 
 
ढकालले भने, ‘काकीले समानान्तर सत्ता संचालन, संसदको समितिमा नआउने, मन नपरेका कर्मचारी र नेतालाई थर्काउने र १३ पन्नाको हाजिर भर्न लगाउने काम गरेका कुरा सार्वजनिक भइसकेका छन् ।’ यस्ता खालका आतंक गरेकै कारण यो अवस्था आएको हो । यो कुनै प्रतिशोध र हतारको निर्णय होइन । 
 
सचेतक ढकालले यो महाभियोग प्रस्ताव पक्ष र विपक्षको भन्दा पनि संसदको साझा प्रस्ताव रहेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ