arrow

मुलुकको सुशासनका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गरौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
anitadevi-.jpg

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह गरेकी छन्  ।  मङ्गलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएकी हुन् ।

 मन्त्री देवीले देशका सबै भूगोल र समुदायलाई समेटेर मात्रै कानून निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउन सक्ने अवस्था नरहेको बताइन् ।

 देशको भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरूले कुनै पनि कानूनको निर्माण र संशोधन गर्नुपर्ने उनको भनाई थियो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरूले सरकारलाई आवश्यकता अनुसार सचेत गराउनुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ